पेरुमा ७.२ म्याग्निच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छालको खतरा​

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १६ : ००
पेरुमा ७.२ म्याग्निच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छालको खतरा​

काठमाडौं। पेरुको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस)ले जनाएको छ ।​​

युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाएको छ ।

‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताए पनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ ।​​

भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध भएको छैन । तर भूकम्पको ठूलो धक्का महसुस गरिएकाले केन्द्रविन्दु आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरुका सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस