काठमाडौं। नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्ती आज मनाइँदै छ । कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदानको स्मरण गर्दै आज दिवस जन्मजयन्ती मनाउन थालिएको हो ।
मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।
जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ गते वृक्षरोपण गरेको थियो । मदन भण्डारीले २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।
विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उनको जन्म भएको थियो ।
वि. सं २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन आउने क्रममा दासढुङ्गामा दुर्घटना हुँदा उनीसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८१, ११ : १२
लेखकबाट थप