यस्तो छ आज विदेशी मुद्राको विनियम दर

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, ०७ : ५१
यस्तो छ आज विदेशी मुद्राको विनियम दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घटेको छ। त, युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६४ र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस