गण्डकीका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

सफल खबर संवाददाता

विहीबार, १३ असार २०८१, १३ : ४१
गण्डकीका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

कास्की। गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ । सर्वोच्च अदालतले सांसद पद थमौती गरेपछि बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादा पालकले रोकेका हुन् । 

गण्डकी प्रदेश सभाको बैठक अहिले चलिरहेको छ । फणीन्द्र भने बाहिरै छन् । उनलाई के कारणले सदनभित्र प्रवेश रोक गरिएको हो भन्ने खुलेको छैन ।माओवादीको चुनाव चिह्नबाट जितेका उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले उनलाई कारबाही गरेको थियो । माओवादीको कारबाहीविरुद्ध उनी सर्वोच्च पुगेका थिए । सर्वोच्चले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै उनको पद जोगिएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस