स्पेन अपराजित रहँदै युरोकपको अन्तिम १६ मा

एजेन्सी

मंगलबार, ११ असार २०८१, ०७ : २२
स्पेन अपराजित रहँदै युरोकपको अन्तिम १६ मा

एजेन्सी । स्पेनले अपराजित रहँदै युरोकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

गएराति अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुगेको हो । स्पेनका लागि एक मात्र गोल खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गरे । 

गएराति नै भएको अर्को खेलमा  अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस