काठमाडौं । गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन अर्यालसहितको टोली अमेरिका प्रस्थान गरेको हो ।
असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौथो समिटमा भाग लिन अर्यालका साथै नेपाल प्रहरीका आईजी वसन्तबहादुर कुँवर, सशस्त्रका आईजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एक एसएसपी गरी पाँच जनाको टोली अमेरिका प्रस्थान गरेको हो ।
गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीलगायत अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन