डेंगुको संक्रमण विकराल बन्ने सम्भावना

पत्रपत्रिकाबाट

सोमबार, १० असार २०८१, ०८ : ०२
डेंगुको संक्रमण विकराल बन्ने सम्भावना

काठमाडौं । यस वर्ष गर्मी बढेसँगै लामखुट्टे वृद्धि भएको र डेंगुको संक्रमण पनि बढ्दै गइरहेको अवस्थामा मनसुन भित्रिएसँगै डेंगुको संक्रमणले बिकराल रूप लिने सम्भावना बढेर गएको छ।

यसैलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन सबैलाई आह्वान गरेको छ। लामो समयसम्म वर्षा नभएको र एकैपटक विगतमा भन्दा बढी पानी पर्नसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेसँगै स्वास्थ्य मन्त्रालयले डेंगुले विकराल रूप लिनसक्ने जोखिम औंल्याएको हो ।

बढ्दो तापक्रम र मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्ने र सङ्क्रमितको संख्यासमेत बढ्नसक्ने मन्त्रालय प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस