काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)लाई दिएको अन्तर्वार्तामा उनले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
अहिलेको निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउन नसक्ने भन्दै यसलाई पनि फेर्नुपर्ने उनको भनाइ छ ।प्रतिनिधिसभा र प्रदेशसभामा पूर्ण समानुपातिकका निर्वाचन प्रणालीमा जानुपर्ने उनले बताएका छन् ।
'हामीले संविधानसभाकै समयमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्छ भन्ने वकालत गर्दै आएका हौँ । संविधान जारी भएपछिका दुई निर्वाचनले पनि यही देखायो,' उनले भनेका छन्, 'अहिलेको प्रणालीबाट कुनै पनि दलको बहुमत आउन सक्दैन ।
त्यसैले प्रतिनिधिसभा र प्रदेशसभामा पूर्ण समानुपातिकका आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीमा नगई सुखै छैन । यो विषयमा संविधान संशोधन आवश्यक छ ।त्यसो हुँदा व्यवस्थापिका संसद् विधि निर्माणमा लाग्ने र कार्यकारी (राष्ट्रपति वा प्रधानमन्त्री) र प्रदेशका मुख्यमन्त्रीले विज्ञहरूलाई मन्त्रिमण्डलमा समावेश गरी सहजताका साथ काम गर्न सक्ने उनको विश्वास छ ।
भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल गठनको व्यवस्था पनि संविधानमा राखिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके : पूर्वप्रधानमन्त्री भट्टराई