पाकिस्तानमा दिगो लगानीका लागि एडीबीद्वारा २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, १२ : ३९
पाकिस्तानमा दिगो लगानीका लागि एडीबीद्वारा २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं। इस्लामावाद - एसियाली विकास बैंक (एडीबी)ले सार्वजनिक–निजी साझेदारीमार्फत् पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ ।

एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्तिअनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्री निर्देशक ये योङ र पाकिस्तानको आर्थिक मामिला विभाग (इएडी) का सचिव काजिम नियाजले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विज्ञप्तिमा इएडी कार्यक्रमको मुख्य उद्देश्य प्रशासनिक ढाँचालाई सुदृढ पारी सङ्घीय सरकारको सार्वजनिक–निजी साझेदारीको वातावरण सक्षम पार्नु रहेको उल्लेख छ ।

सार्वजनिक लगानी व्यवस्थापन र सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नीति, कानुनी र संस्थागत ढाँचालाई सुदृढ पार्दै मिसन हासिल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस