प्रवासी नेपाली मञ्च जर्मनीको अध्यक्षमा शेर्पा निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १४ : ४३
प्रवासी नेपाली मञ्च जर्मनीको अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौं। प्रवासी नेपाली मञ्च जर्मनीको अध्यक्षमा पासाङ देण्डी शेर्पा निर्वाचित भएका छन् ।१६ जुन २०२४ मा सम्पन्न मञ्चको सातौं राष्ट्रिय अधिवेशनबाट शेर्पा सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

जर्मनीको हाम्भुर्ग शहरमा भएको अधिवेशनबाट उपाध्यक्षमा समीर श्रेष्ठ, सचिवमा गोविन्दराज पाण्डे र उपसचिवमा भरत चलाउने निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा रुद्र केसी, डा. यज्ञ अधिकारी, सनत गौतम, बोधराज त्रिपाठी र युवराज अधिकारीको पनि दाबी थियो । अन्य अध्यक्षका आकांक्षीले दाबी छाडेपछि शेर्पा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले मित्रता र सामूहिक प्रयासद्वारा प्रवासी नेपाली मञ्चलाई रूपान्तरित, संगठित र विचारशील शक्तिका रूपमा जर्मनवासी नेपाली समुदायमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । यो अभियानमा सहभागी हुन उनले जर्मनीवासी सबै नेपालीलाई आह्वान गरे ।

अधिवेशन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यस्तै, अधिवेशनमा अन्तर्राष्ट्रिय कमिटी सचिव हेम शेर्पा, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा युरोप इन्चार्ज भक्त वाग्ले, अन्तर्राष्ट्रिय कमिटी सदस्यहरू शिव बरुवाल, सुरेन्द्र थपलिया, सन्तोष भट्टराई, सल्लाहकार परिषद् उपाध्यक्ष रामशरण सिम्खडा, सदस्य भोजराज त्रिपाठी, युरोप कमिटी उपसंयोजक चन्द्रकान्त आचार्य, सचिव शालिक थपलिया, सदस्य नवराज रोसयारा, बाबुराम खतिवडा, अन्तर्राष्ट्रिय कमिटी कला साहित्य तथा संस्कृति विभागका सचिव खड्ग न्यौपानेलगायतको उपस्थिति थियो । 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस