उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन

एजेन्सी

विहीबार, ०६ असार २०८१, १० : ३८
उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन्। 

उनको विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको बीबीसीले जनाएको छ।

पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिस्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरे। 

रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिनलगायत शीर्ष भियतनामी अधिकारीसँग भेट गर्नेछन्।

उक्त भेटवार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ।