युरोकप : आयोजक जर्मनी अन्तिम १६ मा

एजेन्सी

विहीबार, ०६ असार २०८१, ०७ : ५२
युरोकप : आयोजक जर्मनी अन्तिम १६ मा

एजेन्सी ।  युरो कप २०२४ अन्तर्गत समूह ‘ए’ मा लगातार दोस्रो जित निकाल्दै आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ। 

गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी सुपर १६ मा पुग्ने पहिलो टोली बनेको हो। 

जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १ गोल गरे। खेलको २२ औँ मिनेटमा गुनडोगानको पासमा मुसियालाको गोलमा जर्मनीले सुरुवाती अग्रता बनाएको थियो। ७६ औँ मिनेटमा गुन्डोगानको गोलमा जर्मनीले अग्रता दोब्बर पारेको थियो। 

समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो जित निकालेको जर्मनलीले लगातार दोस्रो जित दर्ता गरेको हो। लगातार दोस्रो जितसहित जर्मनी ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। हंगेरीले भने युरोकपमा लगातार दोस्रो होर व्यहोरेको हो। 

गएराति नै भएको यही समुहको अर्को खेलमा भने स्कटल्यान्ड र स्वीटजरल्यान्डले भने १–१ गोलको बराबरी गर्दै अंक बाँडेका छन्। 

प्रतिक्रिया दिनुहोस