एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेका हुन् ।
विमानस्थलमा पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो भने उत्तर कोरियाली नेता किम जोङ उन आफै उनलाई स्वागत गर्न पुगेका थिए ।विमानस्थलबाट दुई नेता एउटै लिमोजिन कारमा कुमसुसान स्टेट गेस्ट हाउसतर्फ लागेका थिए ।
कोरियाको भ्रमणका क्रममा पुटिन त्यहीँ बस्नेछन् । पुटिनको स्वागतमा प्योङयाङका सडकहरू दुई नेताको तस्बिर, फूल र बेलुनहरूले सजाइएको छ ।
पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् । गत वर्षको सेप्टेम्बरमा किम रेल चढेर रुस पुगेका थिए । विज्ञहरूले यो भ्रमण युक्रेनसँग युद्धका लागि उत्तर कोरियासँग हतियारको सहयोगमा केन्द्रित रहने बताएका छन् ।
पुटिन र किम आज विभिन्न बैठकहरूमा सहभागी हुनेछन् भने गाला कन्सर्ट र रिसेप्सनमा सहभागी हुनेछन् । दुई नेताले कम्तीमा ९ घण्टा सँगै बिताउनेछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ असार २०८१, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सी र पुटिनबीच भिडियो वार्ता
ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
अमेरिकी राष्ट्रपतिमा पुटिनको समर्थन ह्यारिस
आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत
पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश
अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो– पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ