सुन चाँदीको मूल्य : कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, १० : ३७
सुन चाँदीको मूल्य : कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।   यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ ।

सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने रु १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस