युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात

एजेन्सी

सोमबार, ०३ असार २०८१, ०७ : ३३
युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात

एजेन्सी ।  जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवाती गरेको छ ।

आज बिहान सम्पन्न खेलमा सर्बियालाई १–० गोलले हराउँदै इंग्ल्याण्ड विजयी भएको हो ।

इंग्ल्याण्डका लागि जुड बेलिङह्यामले एक गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा गरेको गोल नै इंग्ल्याण्डको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै समूह ‘सी’ मा रहेको इंग्ल्याण्डले तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस