नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

सफल खबर संवाददाता

शुक्रबार, ३२ जेठ २०८१, ०८ : ५५
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको हो । 

स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुलीमा खसेको उनले बताए । 

दुर्घटनामा केही यात्रु घाइते भए पनि यकिन विवरण आइनसकेको उनले बताए । घाइतेको उद्धार गर्ने काम भइरहेको छ । 

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस