श्रमस्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढ्यो

पत्रपत्रिकाबाट

शुक्रबार, ३२ जेठ २०८१, ०८ : ०४
श्रमस्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढ्यो

काठमाडौँ । श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालुु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।

सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलुु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ ।

विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस