काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुदै छन् ।
ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समुह सी मा दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।
समुह सी मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ ।
त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुदै छ । समुह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ ।
अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिस्चित गर्ने छ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल युएईसँग पराजित
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
अमेरिकामा आयोजित टी-२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो
टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै
भारत टी-२० विश्वकपको फाइनलमा