काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ ।
संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजोको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, नेपाल प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सरकारले शहीदमार्गको रकम कटौती गरेकोप्रति वर्षमानको आपत्ति
प्रतिनिधिसभा बैठक : आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर