वेस्ट इन्डिज पुगेर सन्दीपले भने- आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, ०९ : ०१
वेस्ट इन्डिज पुगेर सन्दीपले भने- आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु

काठमाडौ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको प्रतिक्रिया दिएका छन् ।

आइसिसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेश विरूद्धको खेलमा सहभागी हुन वेस्ट इन्डिज पुगेका उनले सबैलाई धन्यावादसमेत दिएका छन् । 

आफ्नो यात्रा सहज बनाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दासलगायतलाई उहाँले धन्यवाद दिएका हुन् । 

उनले आफ्नो भिसासम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । 

विश्वकपका बाँकी दुई खेल खेल्न उनी वेस्ट इन्डिज पुगेको क्यानले जनाएको छ । 

यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो ।

तर, अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकाका खेल गुमाउनु परेको थियो । 

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग आगामी बुधबार बिहान खेलेपछि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस