काठमाडौं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।
सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
संसद् बैठक अझै बस्न सकेन
प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक सर्यो
प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित