काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छिन् ।
नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारदेखि राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सरकारले ढिलोचाँडो मोबाइलमा एमडीएमएस लागु गरेरै छाड्ने बताएकी हुन ।
‘एमडीएमएस लागु हुन्न भन्ने नसोचौं, ढिलोचाँडो लागु हुन्छ । यो प्रणाली लागु गर्ने प्रक्रियामा सरकार अघि बढे पनी तत्काल लागु गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन,’ सञ्चारमन्त्री शर्माले भनिन्, ‘निकट भविष्यमा यो लागु हुन्छ, ढुक्क हुनुस्, यसले देशको राजस्वमा पनि योगदान गर्ने छ ।’
उनले प्रविधि विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागु गर्न नसकेको भने स्वीकारिन् । ‘यो जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौं । यहाँ केही बदमासी पनि भएको रहेछ, छानबिन भइरहेको छ,’ उनले भनिन्, ‘अलि परिपक्व भएपछि एमडीएमएस लागु हुन्छ, सरकार त्यसमा तयार छ ।
मन्त्री शर्माले मोबाइल व्यवसायीले चोरीका मोबाइल बेच्न छाडे ‘ग्रे फोन’ कारोबार समेत बन्द हुने बताइन् । ग्रे फोन कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्ने बताइन् । महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ। महाधिवेशनका लागि ७० जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
राससलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध हुनुपर्छ : सञ्चारमन्त्री शर्मा