सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, ११ : २९
सुनको मूल्यमा  नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । शुक्रवार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य  हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४४ हजार ३०० पुगेको छ । यस अघि बिहीबार  सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य  पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस