काठमाडौँ । प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अनुमोदनका लागि प्रस्ताव गरेका थिए । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा बहुमतले अनुमोदन गरेको हो । जसको विपक्षमा एकमात्र नेमकिपाका सांसद प्रेम सुवाल रहेका थिए ।
संसदमा सो सम्झौता अनुमोदनका लागि प्रस्तुत गर्दै मन्त्री बस्नेतले नेपालको ऊर्जाको मुख्य स्रोत जलविद्युत भएपनि त्यसले मात्र माग धान्न नसक्ने भएकोले सौर्य ऊर्जालाई अघि बढाउन सौर्य प्रविधिले सहयोग पुग्ने बताए ।
सन् २०१५ मा फ्रान्स र भारतले संयुक्त रूपमा बनाएको यो गठबन्धनको मुख्य उद्धेश्य सौर्य ऊर्जाको उपयोगलाई बढाउनु रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारले प्रधानमन्त्रीलाई सोधका प्रश्नहरूप्रति सूर्य थापाले जनाए आपत्ति
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : सोबिता गौतम
सिंहदरबारमा भएको आगलागी भएको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
सरकारले जारी गरेका छ वटा अध्यादेश प्रतिनिधि सभामा पेस