यौन दुर्व्यवहार आरोपमा प्रहरीका इन्सपेक्टर पक्राउ

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ०९ : २८
यौन दुर्व्यवहार आरोपमा प्रहरीका इन्सपेक्टर पक्राउ

काठमाडौ । नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत थिए । उनले १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोप छ । 

प्रतिक्रिया दिनुहोस