काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् । बुधबार संसदभवन बाहिर सञ्चारकर्मीहरूले गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महसुस ? भयो भन्ने प्रश्नको जवाफ दिँदै सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए ।
अर्थमन्त्रीले भने, ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन् । यथार्थ होइन । मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरूमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ । सबैको सहयोग आवश्यक छ । सरकारले बजेट कार्यान्वयन गर्छ र वस्तुगत रूपमा रिजल्ट पनि दिन्छौँ ।’
मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको उनको दाबी छ । हरेक तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने पुनले बताए ।
पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको टिप्पणी गरेका थिए । सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको भन्दै पुनले सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रूपमा परिणाम निकाल्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु
विचाराधीन विधेयक छिटो टुंग्याउने काम होस् : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने