काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टी सम्मिलित एनडीए गठबन्धनबाट भारतमा फेरि नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने भएपछि बधाई दिएका छन् ।
लोकसभा चुनावमा मोदीको भाजपा सम्मिलित गठबन्धनले लगातार तेस्रोपटक पनि सरकार बनाउने भएपछि देउवाले नेपालका परम मित्र भन्दै मोदीलाई बधाई दिएका हुन् ।देउवाले सामाजिक संजाल एक्समा लेख्दै मोदीको नेतृत्व, समर्पण र दृष्टिले भारतको उज्ववल भविष्यलाई प्रेरणा र आकार दिने विश्वास व्यक्त गरेका छन् ।
मंगवबार राति भएको मत परिणाम अनुसार मोदीको एनडीए गठबन्धनले ५४३ मध्ये २९२ सिट जितेको हो । एनडीएले ४ सय सिट कटाउने दाबी गरे पनि कांग्रेस नेतृत्वको इण्डिया अलायन्सले २३४ र अन्यले १७ सिटमा जित हासिल गरेका छन् ।
यस अघि मोदी लगातार दुईपटक प्रधानमन्त्री बनेका थिए । २७२ सिट भए सरकारमा बन्नेमा फेरि पनि २९५ सिटका साथ मोदी तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द
३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा होला : देउवा
कांग्रेस सभापति देउवा भोलि भारत जाने
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ : देउवा
मुख्य प्रतिस्पर्धीसँग सहकार्य गर्दा केही असहमति हुनसक्छन्, समाधान गरेर अघि बढ्नुपर्छ : सभापति देउवा
लोकतन्त्रको विकल्प खोज्ने होइन,सुदृढ बनाउने हो : देउवा