धानखेती निरीक्षणका लागि खेतमै पुगे चिनियाँ राष्ट्रपति

एजेन्सी

विहीबार, ११ असोज २०७५, १५ : ०४
धानखेती निरीक्षणका लागि खेतमै पुगे चिनियाँ राष्ट्रपति

चीन : चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको हेलोङजियाङ प्रान्तमा पर्ने जियानसान्जियाङ गाउँमा रहेको खेतमा धानखेतीको निरीक्षण गरेका छन् ।
पछिल्लो समय चीनले अमेरिकासँग व्यापार युद्ध सुरु गरेको छ । अमेरिकाले चिनियाँ बस्तुमा भन्सार दर वृद्धि गरेपछि त्यसको जवाफमा चीनले पनि अमेरिकी खाद्यान्नमा भन्सार दर बढाएको छ । खाद्यान्नमा आत्मनिर्भर हुन चीनले उत्पादन बढाउने रणनीति लिएको छ ।
विश्व बजारमा सशक्त शक्तिको रुपमा उभिएको चीनले आगामी दिनमा देशभित्रै उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्ने भएको छ । यसैका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ खेतमा पुगेर निरीक्षणमा सहभागी भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस