काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक बर्षको बजेटमा कुनै नयाँ योजना नरहेको टिप्पणी गरेका छन् ।सोमबार प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले बजेटले नयाँ कार्यक्रम नल्याएको तर असीमित दायित्व थप्ने काममात्र गरेको बताए ।
बजेटले समेट्नुपर्ने कतिपय विषय नसमेटेको सांसद कार्कीको भनाइ छ । ‘रेमिटयान्सको परनिर्भता कम गर्ने कुनै योजना छैन । रेमिट्यान्स घट्दा के गर्ने कुनै योजना छैन’, उनले भने ।
बजेटले देशलाई विकासतर्फ नभई ऋणको पासोतर्फ लैजाने सांसद कार्कीले बताए । अर्थतन्त्रले गति नलिइसकेको समयमा बजेटले उद्यमी व्यवसायीलाई आशा जगाउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।
बजेटमा राखिएको वैदेशिक ऋण, आन्तरिक ऋण र अनुदानको लक्ष्य महत्त्वाकाङ्क्षी रहेको भन्दै सांसद कार्कीले धेरै आन्तरिक ऋण उठाउँदा तरलता अभावले निजी क्षेत्र समस्यामा पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १५ : १८
लेखकबाट थप