काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेको बजेटमा केही अन्तरविरोध रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी हुन नसकेको बताए ।
कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर, त्यस अनुसार बजेट विनियोजन नभएको भन्दै उनले यसले बजेटलाई अन्तरविरोधी देखाएको बताए ।
‘बजेट आफैँभित्र केही अन्तरविरोधी छ । कृषि लगानी दशकको घोषणा गरेको छ । तर, कृषि मन्त्रालयको बजेट नै घटेको छ’ उनले भने । बजेटमाथि बोल्ने क्रममा उनले एउटा गीत सम्झिए, ‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ । जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।’
यो गीतले मुलुकको यथार्थता देखाएको उनको भनाइ छ । बजेट ल्याएको तर, कार्यान्वयनमा जान सकिन्छ कि सकिँदैन भन्नेमा दुबिधा रहेको उनले बताए । बजेटका लक्ष्य पूरा हुन्छ कि हुँदैन भनने सन्दर्भमा सांसद पन्तले गीत सम्झिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो : सांसद पन्त
सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔं : रघुजी पन्त
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति रघुजी पन्तले जनाए आपत्ति
धारा ७६ (२) कि (३) को सरकार भन्ने राष्ट्रपतिको कुरा हो : रघुजी पन्त
सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताको विषय छानबिन गर्न माग