काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसद् र सिंहदरबारमा सबैलाई समान व्यवहार हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सांसद र जनतालाई संसद् भवन र सिंहदरबारमा फरक व्यवहार भएको बताइन् ।
‘दूर दराजका जनताहरू काठमाडौँ आउन पनि गाह्रो हुन्छ । काठमाडौँ आएका जनताहरू संसद् भवन हेर्न चाहन्छन् । संसद् भवनमा आएर माथि (बालकुनी) जान लाग्दा रोकिन्छ । कारण के रहेछ भनेर मैले साध्दा ‘खुट्टामा चप्पल लगाएका छन् । त्यसैले रोकियो’ । माथि जान पाइँदैन भनिन्छ,’ उनी भन्छिन् ।
सांसदलाई चप्पल लगाएर संसद्को बैठकमा सहभागी हुन छुट भएपनि जनतालाई चप्पल लगाएको भन्दै कालकुनीमा रोक्नु राम्रो नभएको उनको भनाइ थियो । ‘सरकारको नियम होला भनेर म मौन बसे । मैले संसदमा पुरुष माननीयको खुट्टामा हेर्दा चप्पल देखेँ । हामीलाई सबै छुट । जनतालाई बन्देज । नियम बनाउने हामी माननीयले जस्तो लगाएर आएपनि भयो । बिचारा जनताहरू चप्पल लगाएर संसद्को बालकुनीमा जान नापाउने ? सिंहदबारमा हाफ पाइन्ट लगाएर छिर्न नपाउने ?,’ उनको प्रश्न छ ।
सांसद न्यौपानले आफू चढेको मोटरसाइकलको चालकले हाफ पाइन्ट लगाएको भन्दै सिंहदरबारमा रोकेको विषयमा पनि प्रश्न उठाएकी छन् । ‘अस्ति एउटा घटना खट्यो । म सिंहदरबारमा एउटा भाइको बाइक लिएर जाँदै थिएँ । मैले मेरो आइडी पनि देखाएँ । भित्र गएँ । तर प्रहरी दगुरीकन मेरो पछाडि आयो । मैले बाइक रोक्न लगाएँ,’ उनले भनिन् ।
सिंहदरबारमा हाफ पाइन्ट लगाएको मान्छेलाई प्रवेश गर्न नदिनुको कारणबारे सरकारको जवाफ चाहिएको न्यौपानेले बताइन् । ‘पछि मैले सोधे किन यसरी दगुरिराख्नु भएको छ ? प्रहरीले माननीयजी तपाईँलाई रोकेको होइन त्यो भाइ (बाइक चालक)लाई रोकेको हो । भाइलाई किन रोक्नु भयो भन्दा त्यो भाइले हाफ पाइन्ट लगाएको छ । जान सिंहदरबारभित्र पाउँदैन भन्ने जवाफ आयो । यसको कारण के हो सभामुखमार्फत सरकारको जवाफ चाहन्छ,’ उनी भन्छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा