गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा शर्मा नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १६ : ४१
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा शर्मा नियुक्त

कास्की। गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्था बमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन् ।

 

शर्मा यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए ।म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानून व्यवसायमा आबद्ध छन् । बीएल, बीएडका साथै उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

म्याग्दीको महेन्द्र माविमा दुई वर्ष प्रधानाध्यापक रहेका उनी झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा राजनीति शास्त्र र बिजनेस ल विषय प्राध्यापन गरेका थिए ।उनी म्याग्दी जिल्ला नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस