सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, ११ : १५
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ ।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलामा १९ सय ३० रुपैयाँ कायम भएको जनाएको हो । हिजो चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम थियो ।

 

प्रतिक्रिया दिनुहोस