काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आजका लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो ।
रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
रिटमा रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ ।
शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो ।
सोही आदेशबमोजिम सोमबार रिट दर्ता भएको हो । लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ ।
सुप्रिमसहित विभिन्न सहकारीका बचतकर्ताको रकम रविसमेतको संलग्नतामा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप छ । यसबारे छानबिन गर्न संसदीय समिति समेत बनिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ : गृहमन्त्री लेखक
शेरादरबारको जग्गाबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ
संविधान संशोधनका लागि कांग्रेस र एमालेले केही दिनमै कार्यदल बनाउँछ: गृहमन्त्री लेखक
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री
सहकारी ठगी प्रकरणको अनुसन्धान प्रभावित नपार्न गृहमन्त्री लेखकको आग्रह