व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढ्यो : गगन थापा

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १३ : ३९
व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा समाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै थापाले दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृतिको भएको बताएका हुन् ।

बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय भएको भन्दै आशा र भरोसाका लागि डेलिभरी दिनुपर्ने, थिति  बसाल्नुपर्नेछ, समीक्षा र प्रण गर्नुपर्ने उनको भनाइ छ ।

'आज १७औं गणतन्त्र ! व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष व्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो,' उनले भने, 'बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन् । आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति  बसाल्नुपर्नेछ । समीक्षा र प्रण गरौं ।'

निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहँदै लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउनु आजको आवश्यकता रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस