कांग्रेससहित विपक्षी दलको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, ०८ : २१
कांग्रेससहित विपक्षी दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको छ ।  बैठक आज बिहान १० बजे संसद् भवनमा बस्नेछ । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् । 

सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बस्न लागेको हो । बजेट प्रस्तुत गर्न आज दिउसो एक बजे संयुक्त सदनको बैठक आह्वान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस