काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली काँग्रेसले एमाले र एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताएका छन्।बालुवाटारमा काँग्रेससँगको छलफलपछि उनले काँग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताए।
उनले भने, ‘नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ। एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। काँग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’
काँग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए। पछिल्लो समय काँग्रेस नेताहरुले सत्ता साझेदार सबैभन्दा ठूलो दल एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर प्रहार तीव्र बनाएका छन् ।
आइतबार विरोध प्रदर्शनमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको थियो भने महामन्त्री विश्वप्रकाश शर्मालगायतले गिरिबन्धु टी स्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
एमालेले बोलायो सचिवालय बैठक
एमालेको सचिवालय बैठक जारी