एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएको रिपोर्ट सार्बजनिक भएको छ ।
तर यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अब उसको हिस्सा नै रहने गरि सहमति बनेमा पुटिन युद्ध रोक्न सहमत हुने छन् ।
पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट यस्तो समयमा आएको छ, जब मस्कोले उत्तर-पूर्वी युक्रेनको खार्किभ क्षेत्र विरुद्ध नयाँ आक्रमण सुरु गरेको छ ।
पुटिनसँग काम गरेका एक व्यक्तिले एजेन्सीलाई भने, पुटिनले चाहेको बेलासम्म लड्न सक्छन्, तर पुटिन पनि युद्धविरामका लागि तयार छन् किनकी अब रूससँग क्रिमियासम्म पुग्ने भूमि मार्गहरूमा पहुँच बनेको छ ।
यस्तो सहमति बनेमा रुसीहरूले यसलाई आफ्नो जीत मान्नेछन् । तिनीहरूले पश्चिमबाट आक्रमणको बाबजुद आफ्नो सार्वभौमसत्ता कायम राखेको भन्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ जेठ २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनसँग भेट्न जेलेन्स्कीको सर्त
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार: पुटिन
सी र पुटिनबीच भिडियो वार्ता
ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
अमेरिकी राष्ट्रपतिमा पुटिनको समर्थन ह्यारिस
आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत