चितवन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसलाई कमजोर नबनाईकन लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । उनले सरकारबाट बाहिरिनु परेकोमा कांग्रेसीहरुमा बेचैनी बढेको आरोप लगाएका छन् । पार्टीको ११औं चितवन जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले सरकारसँग डराएर कांग्रेस छटपटिएको छ ।उसमा बेचैनी बढेको छ। संसदमा अलोकतन्त्रको हद देखायो। कुनै मर्यदा राखेन, सत्ता पक्षको ठाउँमा आएर हुलहुज्जत गर्यो, कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन। आगामी चुनावमा जसरी पनि परास्त पार्छौं।’
सो क्रमम उनले कांग्रेसको भाग्य (नसिब) मा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको पनि टिप्पणी गरे । उनले कांग्रेसलाई प्रतिपक्षमा राखेर नै चुनावमा लैजाने बताए । उनले अहिलेको सत्ता गठबन्धन चुनावसम्म नै जाने बताए । सो क्रममा उनले अब संसद्पनि पेलेरै चलाउने उद्घोष गरे । उनले भेन,‘कांग्रेसले बहुमतलाई बन्धक बनाएर संसदलाई अवरोध गरेको छ । अब संसद चलाउन सहमत नभए व्यवधान पन्छाएर हामी अघि बढ्छौं ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल
आठौँ पटक मन्त्री र पाँचौँ पटक अर्थमन्त्री बने विष्णु पौडेल
विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित
अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला : विष्णु पौडेल
ओलीविरुद्ध लगाएको लाञ्छनाप्रति काँग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी