काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक उत्सवलाई सम्बोधन गर्ने भएका छन् ।राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जुन दोस्रो साता जेनेभामा हुनेछन् ।
जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा उनले जुन १३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । आईएलओको वार्षिक उत्सवमा सहभागितापछि पौडेल जर्मनी हुँदै जुन १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा स्वीकृत भने गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय : राष्ट्रपति पौडेल