अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, ०७ : ४९
अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित

मोरङ । मोरङमा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान गरिएको छ। 

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ पारित भएको १४ वर्ष पुगेको सन्दर्भमा नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले बिहीबार बेलबारीमा आयोजना गरेको कार्यक्रममा अन्तर्जातीय विवाह गर्ने १५ जोडी दम्पतीलाई सम्मान गरिएको हो। 

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव एवं कोसी प्रदेस इन्चार्ज हरिबोल गजुरेलले अन्तरजातीय विवाह गर्ने १५ जोडी दम्पत्तीलाई प्रशंसापत्रसहित सम्मान गरे।