बिहार । भारतीय जनता पार्टी (बीजेपी)ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीले सिंहलाई लोकसभा निर्वाचनमा उम्मेदवारहरूको पहिलो सूचिमा पश्चिम बंगालको आसनसोल सीटमा टिकट दिएको थियो ।
यहीबिचमा गीतमा बंगाली महिलाहरुलाई आपत्तीजनक तरिकाले चित्रण गरेको मामिलामा उनी विवादित बनेपछि सिंहले आसनसोलबाट चुनावमा नउठ्ने घोषणा गरेका थिए । यसपछि बीजेपीले सो सिटमा एसएस आहलूवालियालाई टिकट दियो ।
त्यसपछि सिंहले बिहारको कारकाटबाट स्वतन्त्र उमेदवारको रुपमा नाम दर्ता गराए । लोकसभा निर्वाचनमा पवन सिंह एनडीएका अधिकृत प्रत्याशी उपेन्द्र कुशवाहाको विरुद्धमा लडिरहेका छन् ।
सिंहको यो कदम दल विरोधी भएको र यसका कारण पार्टीको छवि धूमिल भइरहेको बिहार बीजेपीले एक विज्ञप्ति जारी गर्दै भनेको छ । उनको यो कदम पार्टीको अनुशासन विरुद्ध भएको बताइएको छ । यस कार्यका लागि अध्यक्षका आदेश अनुसार सिंहलाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ जेठ २०८१, १३ : ४२
लेखकबाट थप