काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिको तयार गरेको हो ।
केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।
उम्मेदवारको नामावली नेपाली वर्णानुक्रमअनुसार प्रकाशित बेलुकी ५ बजेसम्म र ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने कार्य हुने छ । जेठ २९ गते राति ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ ।केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको लागि मतगणना एकै पटक हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल
सरकार असफल भएको जसपा नेपालको निष्कर्ष
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालको अडान