कामको खोजीमा एक वर्षमा ८ लाखले देश छोडे

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ जेठ २०८१, ०७ : २१
कामको खोजीमा एक वर्षमा ८ लाखले देश छोडे

काठमाडौ । बेरोजगारी समस्या बढ्दै जाँदा रोजगारी खोज्दै गत एक वर्षमा ८ लाख बढी नेपाली विदेशिन बाध्य भएका छन्।

सरकारले वर्षेनी ल्याउने नीति तथा कार्यक्रममा बेरोजगारी समस्या समाधान गर्ने विषयलाई समेट्ने गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन नहुँदा बेरोजगारीको समस्या भयावह बन्दै गइरहेको हो ।

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि हालै ल्याएको नीति तथा कार्यक्रममा पनि बेरोजगारी समस्या समाधान गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको छ तर नागरिकहरु भने विश्वस्त हुन सकेका छैनन् । जसका कारण उनीहरु रोजगारी खोज्दै विदेश भौंतारिन बाध्य छन् ।

अध्यागमन विभागका अनुसार सन् २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभिन्न देश गएका छन् । यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला छन्। अहिले पनि एयरपोर्टबाट दैनिक सयौं नागरिकहरु विदेशिने क्रम जारी छ ।

उनीहरुले स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेश जानुपरेको गुनासो पोख्ने गरेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस