झिनो अंकले नेप्से सूचक बृद्धि, ४ अर्ब २३ करोड माथिको कारोबार

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, १५ : ४०
झिनो अंकले नेप्से सूचक बृद्धि, ४ अर्ब २३ करोड माथिको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन बिहीबार सामान्य अंकले नेप्से सूचक बढेको छ । अघिल्लो दिन ९.५४ अंकले घट्दै २ हजार १७ अंकमा झरेको नेप्से सूचक आज ०.७९ अंकले बढ्दै २ हजार १८.७६ अंकमा उक्लिएको हो ।

तथापि, आज ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

आज माइक्रो फाइनान्स र अन्य समूह उपसूचक वृद्धि भएको छ भने बाँकी ११ वटा उपसूचकहरू ऋणात्मक भएका छन् । सबैभन्दा बढी ३.८० प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक ०.२२ प्रतिशतले बढेको छ ।फाइनान्स समूहको उपसूचक १.४५ प्रतिशतले घट्दा अरू उपसूचकहरू १ प्रतिशत कमले ऋणात्मक भएका छन् । 

आज हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने माण्डू हाइड्रोपावर र पिपुल्स पावरको सेयर मूल्य क्रमशः ५.७६ प्रतिशत र ५.२६ प्रतिशतले घट्न पुगेको छ । 

प्रतिक्रिया दिनुहोस