भिजाको नेपाल, बङ्गलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १३ : ०३
भिजाको नेपाल, बङ्गलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं। भिजाले नेपाल, बङ्गलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा सब्बीर अहमदलाई नियुक्त गरेको  गरेको छ ।​​बङ्गलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव बटुलेका सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।​​​

सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो‍र्‍याएको छ ।नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ ।​​​

भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी शुरू गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा क्यूआर कोड स्क्यान गर्न र भिजा कार्ड मार्फत भुक्तानी गर्न सहज बनाएको छ ।​

भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।

आफ्नो नियुक्तिको अवसरमा भिजाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, 'विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपंक्तिमा रहेको ब्रान्ड भिजामा सामेल हुन पाउँदा म उत्साहित छु । ग्राहकहरू, नियामक र नेपालको वृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न म महत्त्वपूर्ण भूमिका खेल्न तत्पर छु ।'​​

सब्बीरले नेपालमा भिजाको व्यावसायिक प्राथमिकताहरू प्रवर्द्धन गर्नेछन् ।उनी र उनको टोलीले ग्राहक, साझेदार, नियामक र इकोसिस्टम सहभागीहरूसँग भिजाको सम्बन्ध व्यवस्थापन गर्नेछन् । उनी भारत र दक्षिण एसियाका लागि भिजा नेतृत्व टोलीको हिस्सा पनि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस