काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागे विश्वासको मत

सफल खबर संवाददाता

सोमबार, ३१ बैशाख २०८१, १३ : ४७
काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  मागे विश्वासको मत

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

सरकार गठनकाे प्रक्रिया सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बाेलाएकाे बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेस संसदीय दलकाे बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेकाे हाे ।

विहान ११ बजेका लागि बाेलाइएकाे प्रदेशसभा बैठक सुरु गर्न सभामुखले कांग्रेसलाई दुई घण्टा पर्खिएका थिए । नेपाली कांग्रेस दलकाे बैठक नसकिएपछि १ बजे सभामुखले बैठक सुरु गरे । बैठक सुरु भएपछि मात्रै कांग्रेसले बैठकमा अनुपस्थित हुने जानकारी दिएकाे थियाे । बैठकमा प्रतिपक्षी बेन्चमा राप्रपा मात्रै छ ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वाेच्च अदालतमा विचराधीन रहेकाे मुद्दाकाे फैसलालाई सबैले मान्ने बताए । उनले एमाले संविधान मान्ने पार्टी रहेकाे बताउदै जनताकाे विश्वास टुट्न नदिने बताए 

प्रतिक्रिया दिनुहोस