काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहविरुद्ध बलात्कार गरेको आरोप लागेको छ ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । साहविरुद्ध जाहेरी दर्ता भएको धनुषाका एसपी भुवनेश्वर तिवारीले बताए ।
उनका अनुसार एक महिलाले साहविरुद्ध बलात्कार कसुरको जाहेरी दिएकी हुन् । आफूलाई नशालु पदार्थ खुवाएर साहले बलात्कार गरेको पीडित महिलाको आरोप छ । उपसचिव साह फरार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १२ : ०७
लेखकबाट थप