नेता अघि लगाएर प्रधानमन्त्री भेट्न पुगे कवाड व्यवसायी

सफल खबर संवाददाता

शनिबार, २९ बैशाख २०८१, ११ : ३९
नेता अघि लगाएर प्रधानमन्त्री भेट्न पुगे कवाड व्यवसायी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कवाड व्यवसायीहरुमाथि सरकारले धरपकड नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा  प्रचण्डले यस्तो बताएका हुन् ।

अदालतको अन्तरिम आदेशविपरीत काठमाडौं महानगरले व्यवसायीहरुमाथि धरपकड गर्न नपाउने प्रधानमन्त्रीको भनाइ थियो । महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयहरूबाट परिपत्र जारी गरिएकोप्रति व्यवसायीहरूले सो क्रममा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

महानगरले आफूहरुको व्यवसायीक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । कवाड व्यवसायीहरू माओवादी केन्द्रका नेता मातृका यादव, आजपा नेता प्रभु साह लगायतलाई साथै लिएर प्रधानमन्त्रीलाई भेट्न र ध्यानाकर्षण पत्र बुझाउन पुगेका थिए । 

 

प्रतिक्रिया दिनुहोस