योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, २९ बैशाख २०८१, १० : ४७
योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित योग तथा ऊर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताए ।

उनले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताए । योग तथा ध्यान रुढीवादी नभई वैज्ञानिक विधि रहेको जिकिर गर्दै उनले योग तथा ध्यानलाई आत्मसाथ गर्न सके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने बताए ।

उनले नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको बताए ।  भगवान् शिव, बुद्ध, व्यास, पतञ्जलि, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गरेको भन्दै उनले ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको बताए ।उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेकोमा चिन्ता समेत व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस